Devdaha Tv | समाचार
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

ट्याटु खोप्ने लाइनमा बसेका युवकको लोकन्थलीमा मृत्यु

6 days ago
ट्याटु-खोप्ने-लाइनमा-बसेका-युवकको-लोकन्थलीमा-मृत्यु

पौष २९ । भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ । ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएका थिए । त्यसपछि उनलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।

Recent News