Devdaha Tv | समाचार
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

पहिरो खस्दा डोजरसहित धादिङमा ३ जना बेपत्ता

6 days ago
पहिरो-खस्दा-डोजरसहित-धादिङमा-३-जना-बेपत्ता

पौष २९ । धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गर्नु भएको छ, एसपी सिंहले अनलाइनखबरसँग भने ‘विस्तृत विवरण आइसकेको छैन । 

Recent News