Devdaha Tv | समाचार
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

लागुऔधषसहित ३ जना युवा पक्राउ

6 days ago
लागुऔधषसहित-३-जना-युवा-पक्राउ

पौष २८ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लागुऔधषसहित ३ जना युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत महाराजगंज नौतुनुवा बस्ने २० वर्षीय सेहावाद आलम लगायत ३ जना रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरी टोलिले मंगलबार साँझ तिलोत्तमा नगरपालिका–७ भलवाडीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ र नियन्त्रित लागूऔषध १२ चक्की स्पास्मो, ६ चक्की नाइट्रोभेट, नगद १६ हजार ३ सय ४५ रुपैयाँ र ६ थान मोबाइल सहित फेला पारेको थियो ।

Recent News