Devdaha Tv | खेलकुद
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

फुटबलर अहमेत कालिकको कार दुर्घटनामा परेर निधन

1 week ago
फुटबलर-अहमेत-कालिकको-कार-दुर्घटनामा-परेर-निधन

पौष २७ । टर्कीस फुटबलर अहमेत कालिकको कार दुर्घटनामा परेर निधन भएको छ । टर्कीको राष्ट्रिय टिमका लागि समेत खेलिसकेका २७ वर्षीय डिफेण्डर कालिकको मंगलबार भएको दुर्घटनामा निधन भएको बीबीसीले जनाएको छ । कालिक खेल्ने क्लब कोन्यासपोरले ट्वीट गर्दै कालिकको निधनले दुःखी भएको जनाएको छ । टर्कीको राजधानी अंकरामा मंगलबार बिहान भएको कार दुर्घटनामा उहाँको निधन भएको मिररले जनाएको छ । सन् २०१५ मा टर्कीको राष्ट्रिय टिममा डेब्यु गरेका उहाँले ८ खेल खेल्दै १ गोल समेत गर्नुभएको थियो । उहाँले टर्कीको चर्चित क्लब गालातासरेबाट खेल्दै सुपर लिग, टर्किस कप र टर्किस सुपर लिगको उपाधि समेत जित्नुभएको छ ।

Recent News