Devdaha Tv | अन्तर्राष्ट्रिय
भाद्र १ | 2022 Aug 17

भारतमा ओमिक्रोन भाइरसबाट थप १ लाख ६८ हजार सङ्क्रमित

7 months ago
भारतमा-ओमिक्रोन-भाइरसबाट-थप-१-लाख-६८-हजार-सङ्क्रमित

पौष २७ । छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप १ लाख ६८ हजार ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा ११ हजार ६६० ले कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार थपिएका नयाँ सङ्क्रमितहरु मध्ये चार हजार ४६१ जना कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोन भाइरसबाट सङ्क्रमित भएका छन् ।