Devdaha Tv | अपराध
जेठ १४ | 2022 May 28

ईलाका प्रहरी कार्यालय रुद्रपुरद्धारा ४ लाख बढिको अबैध सालको काठ बरामद

4 months ago
ईलाका-प्रहरी-कार्यालय-रुद्रपुरद्धारा-४-लाख-बढिको-अबैध-सालको-काठ-बरामद

पौष २४ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत ईलाका प्रहरी कार्यालय रुद्रपुरले ४ लाख १५ हजार रुपैयाको ८३ दशमलब ३९ क्युफिट अबैध सालको काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले मिति शुक्रबार दिउसो कञ्चन गाउँपालिका वडा नं. ५ स्थित डाँडा लाईनमा सोहि ठाउँ बस्ने वर्ष ३४ को शंकर पुनको घर पेरीमिटर खानतलासी गर्ने क्रममा बिना ईजाजत कुनै विल भरपाइ, टाँचा निसाना नभएका सालको फेन्टा १४ थान र उक्त घरको दक्षिण साईड आँगनमा राखेको तयारी झ्याल, ढोकाको सालको काठ थान ६६ र वडा नं. ५ डाडालाईन बस्ने थान बहादुर पुनको दक्षिण साईडको बाजो खेतमा बेवारिसे अवस्थामा राखेको सालको काँचो गुलिया ७  थान सहित कुल जम्मा ८३ दशमलब ३९ क्यूफिट गरी जम्मा रु  ४,१५,०००।९ बराबरको अबैध सालको काठ बरामद गरेको हो । उक्त सबै काठ आवश्यक कारवाहीको लागी कञ्चन सव डिभिजन वन कार्यालय फायरलाईन रुपन्देही र स्थानिय ब्यक्ति हरुको रोहवरमा रुद्रपुर सामुदायिक उपभोक्ता समुह रुपन्देहीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिनुभया