Devdaha Tv | राजनीति
भाद्र १ | 2022 Aug 17

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट पुगे

7 months ago
ओलीलाई-भेट्न-प्रधानमन्त्री-देउवा-बालकोट-पुगे

 पौष २४ । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । एमालेले प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफल गर्नका लागि ओली निवास बालकोट पुगेको स्रोतको जानकारी आएको छ । एमालेले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका सांसद उपस्थित भएको संसद र बैठकहरूमा उपस्थित नहुने अडान राख्दै आउनुभएको छ । अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टी अवैध रहेको दाबीसमेत गर्नभएको छ ।