Devdaha Tv | अन्तर्राष्ट्रिय
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

माता वैष्णो देवी मन्दिरमा भागदौड

2 weeks ago
माता-वैष्णो-देवी-मन्दिरमा-भागदौड

पौष १७ । भारत प्रशासित जम्मु–कश्मीरस्थित माता वैष्णो देवी मन्दिरमा नयाँ वर्षको दिन श्रद्धालुहरुको अत्यधिक भिडभाडमा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ  भने २० जना घाइते भएका छन् । यो घटना त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहको बाहिर बिहान पौने तीन बजे भएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन । सामान्य विवादमा तीर्थयात्रीले एकअर्कालाई धक्का दिन थालेसँगै भागदौड सुरु भएको बताइएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री मोदीले सो घटनामा मृत्यु हुनेको परिवारलाई २÷२ लाख राहत प्रदान गर्ने र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ । 

Recent News