Devdaha Tv | अन्तर्राष्ट्रिय
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

किम जोङ उनले सन् २०२२ मा आणविक हतियार विस्तार गर्ने

2 weeks ago
किम-जोङ-उनले-सन्-२०२२-मा-आणविक-हतियार-विस्तार-गर्ने

पौष १७ । उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२२ मा आणविक हतियार विस्तार गर्ने बताउनुभएको छ । ८ औं केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता किमले आगामी दिनमा आणविक हतियारमा अमेरिका भन्दा शक्तिशाली हुने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । उहाँले दक्षिण कोरिया र अमेरिकासँगको कुटनीतिक संलग्नताहरुलाई पनि क्रमशः सुधार गर्दै लैजाने प्रतिवद्धता जनाएको बताइएको छ । नेता किमले नयाँ वर्षको पूर्वसन्ध्यामा भएका सार्वजनिक समारोहमा आगामी वर्ष आफ्नो मुलुकको आर्थिक समृद्धि र जनताको जीवनस्तर सुधारमा केन्द्रीत भएर अघि बढ्नेसमेत उल्लेख गर्नुभएको  छ । मुलुकले सामना गर्नुपर्ने आधारभूत कार्यका लागि पञ्च वर्षिय योजनाहरु र आम नागरिकको जीननस्तर उकास्न राज्यले गर्ने गतिविधिका बारेमा पनि नेता किमले उल्लेख गरेको समाचारमा जनाइएको छ । आफ्नो मन्तव्यका क्रममा किमले घरेलु मामिला र ग्रामीण विकासमा महत्वपूर्ण योजनासमेत सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

Recent News