Devdaha Tv | खेलकुद
भाद्र १ | 2022 Aug 17

लोकेश राहुललाई दक्षिण अफ्रिकासँग तीन ओडिआई सिरिज खेलमा कप्तानको जिम्मेवारी

7 months ago
लोकेश-राहुललाई-दक्षिण-अफ्रिकासँग-तीन-ओडिआई-सिरिज-खेलमा-कप्तानको-जिम्मेवारी

ओपनर लोकेश राहुललाई भारतले दक्षिण अफ्रिकासँग तीन ओडिआई सिरिजको खेलमा कप्तानको जिम्मेवारी दिएको छ ।  भारतको क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकासँग हुने तीन ओडिआई सिरिजको लागि राहुलको कप्तानीमा टोली घोषणा गरेको छ । तीव्र गतिका बलर जस्प्रित बुमराहलाई भारतले उपकप्तानको जिम्मेवारी दिएको छ । नवनियुक्त कप्तान रोहित शर्मालाई चोट लागेका कारण भारतले राहुललाई कप्तानी भूमिका दिएको हो । अघिल्लो महिना बीसीसीआईले विराट कोहलीलाई कप्तानबाट हटाउँदै रोहित शर्मालाई नियुक्त गरेको थियो । राहुलले इन्डियन प्रिमियर लिगमा पन्जाब किंग्सबाट कप्तानी गरिसकेका छन् । राहुल पछिल्लो समय भारतका तीनै शैलीका एक उत्कृष्ट ब्याटरमा पर्दछन् । टोलीमा विराट कोहली, शिखर धवन, रविचन्द्रन आश्विन लगायतका अनुभवी खेलाडी छन् ।