Devdaha Tv | अपराध
जेठ १४ | 2022 May 28

लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

4 months ago
लागूऔषध-ब्राउन-सुगरसहित-पाँच-जना-पक्राउ

पौष १७ । दाङको तुल्सीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ की १९ वर्र्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्र्षीया दिपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका २९ वर्र्षीय रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्र्षीया उर्मिला चौधरी र तुल्सीपुर ७ को सागरनगर टोलका ३० वर्र्षीय कैलाश नेपाली रहेका छन । दुई दिनको अवधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको उल्लेख गर्नुभयो ।