Devdaha Tv | राजनीति
भाद्र १ | 2022 Aug 17

नेकपा एमालेको सत्यवती लुम्बिनी सम्पर्क मञ्च लुम्बिनी प्रदेशको अध्यक्षमा भण्डारी

7 months ago
नेकपा-एमालेको-सत्यवती-लुम्बिनी-सम्पर्क-मञ्च-लुम्बिनी-प्रदेशको-अध्यक्षमा-भण्डारी

नेपाल कम्युनिष्ट पार्टी एमालेको सत्यवती गुल्मी लुम्बिनी सम्पर्क मञ्च लुम्बिनी प्रदेशको  अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले निर्विरोध रुपमा बालकृष्ण भण्डारीको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिती गठन गरेको छ । जसको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिव गोपाल भट्टराई, सह– सचिव मेघराज पाण्डेय र रजिना नेपाली रहनुभएको छ । बालकृष्ण भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा नेकपा एमाले केन्द्रिय समिती सदस्य तथा अनेम संघ लुम्बिनी प्रदेश अध्यक्ष सांसद मैना कुमारी भणडारीको प्रमुख आतिथ्यता रहेको थियो । सचिव गोपाल भट्टराई स्वागत र पुरुषोत्तम पाण्डेयको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । भेलामा २५० बढी नेता कार्यकर्ताको उपस्थिति रहेको सह-सचिव मेघराज पाण्डेयले जानकारी दिनुभयो ।