Devdaha Tv | राजनीति
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

नेकपा माओवादी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग

3 weeks ago
नेकपा-माओवादी-केन्द्रीय-सदस्यका-छोराछोरीलाई-सरकारी-विद्यालयमा-पढाउन-अनिवार्य-गर्नुपर्ने-माग

पौष १४ ।  नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रतिनिधिहरुले पार्टी  केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेका छन् । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशको तर्फबाट सो माग उठेको हो । बुधबार प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै एकजना  प्रतिनिधिले पार्टी  केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । संघीय संरचनाअनुसारको वैज्ञानिक शिक्षा नीति र कोभिडले अर्थतन्त्रमा पारेको प्रभावबारे उल्लेख गर्न पनिे सुझाव दिनुभयो । राजनीतिक प्रतिवेदनको प्रस्तावनामा माओ जयन्ती र प्रथम सहिदलगायतकाको नाम उल्लेख गरी श्रद्धाञ्जली दिनुपर्ने, माक्र्सवादको परिमार्जन भन्नुको सट्टा माक्र्सवादको श्रृजनात्मक प्रयोग र विकास भन्नुपर्ने तथा चिनियाँ कम्युनिष्ट पार्टी  र त्यहाँको अर्थतन्त्रबारे स्पष्ट उल्लेख गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।

Recent News