Devdaha Tv | राजनीति
जेठ १४ | 2023 May 28
Flash News

अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण न्याय सेवा आयोगको बैठक स्थगित

1 year ago
अध्यक्ष-माधवप्रसाद-रेग्मी-उपत्यका-बाहिर-रहेको-कारण-न्याय-सेवा-आयोगको-बैठक-स्थगित

पौष ७ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबारका लागि बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । आयोगका सदस्य सर्वोच्चका वरिष्ठतम न्यायाधीश दिपक कार्कीले भने बैठकमा सहभागी नहुने बताउनुभएको थियो । प्रधानन्यायाधीश राणाविरुद्ध लामो समयदेखि आन्दोलन गरिरहेकाले उहाँले बोलाएको बैठकमा सहभागी हुन नसक्ने कार्कीको भनाइ थियो । न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको जानकारी गराउनु भएको छ ।  न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश राणाले बुधबार दिउँसो ३ बजे बैठक बोलाउनु भएको थियो । प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय सेवा आयोगमा कानूनमन्त्री,सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहने गर्दछन् ।