Devdaha Tv | राजनीति
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भैरहवामा भब्य स्वागत

4 weeks ago
नेकपा-एमालेका-अध्यक्ष-केपी-शर्मा-ओलीलाई-भैरहवामा-भब्य-स्वागत

पौष ६ । नेकपा एमाले सिद्धार्थनगरको आयोजनामा भैरहवाको बुद्ध चोकमा सयौँ एमालेका नेता तथा कार्यक्रताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भब्य स्वागत गरेको नेकपा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताउनुभयो । कपिलवस्तुको बहादुरगंजमा नेकपा एमाले पार्टी प्रबेश कार्यक्रमलाई सँम्बोधन गर्न आएका एमाले अध्यक्ष ओलीलाई ५ गते राती भैरहवाको गौतमबुद्ध बिमानस्थलमा हजारौँ नेता कार्यक्रताले स्वागत गरि आज बहादुरगंजको कार्यक्रममा बुद्धचोक हुँदै जाँदै गर्दा नगर कमिटीले स्वागत गरेको नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले बताउनुभयो । नेकपा एमाले नगर कमिटीको आयोजनामा भएको पार्टी अध्यक्षको स्वागत कार्यक्रममा पार्टीका नेता कार्यक्रता र जनबर्गिय संगठनहरुको बाक्लो उपस्थीति रहेको नेकपा एमाले सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीले बताउनुभयो । एमाले अध्यक्ष ओली ५ गते साँझ भैरहवा हुँदै मणिग्रामको डिर्मल्याण्ड होटलमा बसि भैरहवा हुँदै कपिलवस्तुको कार्यक्रममा गएको नेकपा एमाले पार्टिले जनाएको छ ।

Recent News