Devdaha Tv | खेलकुद
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

स्वर्णीम सगरमाथा कलेज र सगरमाथा आवासीय मा.वि.मा खेलकुद सप्ताह उद्घाटन

1 month ago
स्वर्णीम-सगरमाथा-कलेज-र-सगरमाथा-आवासीय-मा.वि.मा-खेलकुद-सप्ताह-उद्घाटन

पौष १ । स्वर्णीम सगरमाथा कलेज र सगरमाथा आवासीय मा.वि., देवदह -७, शीतलनगरमा  कक्षा ११, १२ र बि.बि.एस मा अध्ययन गर्ने विद्यार्थीहरुको खेल प्रतिभालाई पहिचान र प्रस्फुटन गराउने उद्देश्यले आज खेलकुद सप्ताहको उद्घाटन गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बिचमा कुल १२ खेलमा प्रतिस्पर्धा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा आज महिला पुरुष खुला टिटि प्रतियोगिता र महिलातर्फ खुला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएका छन । महिलातर्फको खुला टिटि प्रतियोगीतामा कक्षा ११ कि विद्यार्थी अंशु थापा क्षेत्री प्रथम र बि.बि.एस तेस्रो बर्षकी छात्रा सुस्मा गुरुङ्गले द्धितीय स्थान हासिल गरेका छन । त्यसैगरी छात्र तर्फको खुला टिटि प्रतियोगितामा कक्षा १२ का विद्यार्थी विनित कार्की प्रथम, बि.बि.एस दोस्रो बर्षका दिपु थापा द्धितीय र कक्षा १२ का जीवन सिंजालीले तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी छात्रातर्फ सञ्चालित खुला व्याडमिन्टन प्रतियोगितामा कक्षा ११ कि अंशु थापा क्षेत्री प्रथम र बि.बि.एस दोस्रो बर्षकी दिव्या चौधरीले द्धितीय स्थान हासिल गरेका छन् । प्रतियोगितामा सम्बोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले स्वस्थ जीवनका लागी खेलकुदको ठूलो महत्व रहेकाले खेल प्रतियोगिताहरु सञ्चालन गर्दै जाने बताउनु भयो ।  विद्यालयका इ.सि.ए. इन्चार्ज रोहित वाग्लेको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रम सह -प्राचार्य प्रदिप अधिकारीको स्वागत र परीक्षा संयोजक दामोदर सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । विद्यालयका सयौं विद्यार्थीहरुको सहभागीता रहेको उक्त प्रतियोगितामा शैक्षिक संयोजक रामहरि चापागाई र मानवीकी इन्चार्ज भिमा गुरुङ्गले सहजीकरण गर्नु भएको थियो ।

Recent News