Devdaha Tv | खेलकुद
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०७८ को चौथो संस्करण आयोजना हुने

1 month ago
तिलोत्तमा-प्रिमियर-लिग-क्रिकेट-प्रतियोगिता-२०७८-को-चौथो-संस्करण-आयोजना-हुने

मंसिर २९। तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०७८ को चौथो संस्करण आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी शुरु भएको तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले बताउनुभयो । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगितालाई तिलोत्तमा नगरपालिका संरक्षक तथा सर्वोत्तम सिमेन्टको मुख्य प्रयोजक रहेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन । यसैगरि उपविजेता टिम नगद २ लाख, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत हुने छन । प्रतियोगितामा म्यान अफ दी सिरिजलाई २० हजार रुपैया नगद र कप प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट ब्याट्समेन र बलरलाई जनही १० हजार रुपैया तथा इमर्जिङ प्लेयरलाई ५ हजार रुपैया र टिम फेयर प्ले अवार्ड नगद ४० हजार रुपैया साथै प्रत्येक खेलमा म्यान अफ दी म्याच रु १ हजार ५ सय रुपैया, कपबाट पुरस्कृत गरिने भुर्तेलले बताउनुभयो । प्रत्येक टिमले ५ जनासम्म राष्ट्रिय खेलाडी राख्न पाउने ब्यवस्था हुने उहाँले जानकारी दिनुभया । तिलोत्तमास्थित नवजिवन खेलमैदानमा हुने प्रतियोगितामा ज्ञानोदय गोल्ड, मणिग्राम किङ्स, रोयल शंकरनगर, जोभी वारियर्स, भैरहवा सुपर इलेभेन, भैरहवा बुल्स, बुटवल होराइजन, आरसि भैरहवा गरि ८ टिमले भाग लिने छन । कुल २२ लाख अनुमानित खर्च रहेको समितिका सदस्य तथा संयोजक भुपराज अधिकारीले बताउनुभयो । 

Recent News