मंसिर २४ । बुटवलमा जारी बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिका स्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ मा अन्तिम चार टिमको टुगो लागेको छ । शुक्रबार भएको क्वाटरफाईनल खेलमा विजयी हुँदै बेनि, तिलोत्तमा नगरपालिका, भिमदत्त र बुटवल उपमहानगरपालिकाले स्थान पक्का गरेको हो । पहिलो क्वाटरफाइनल खेलमा बेनीले टिकापुर नगरपालिकालाई २–०, दोस्रो खेलमा तिलोत्तमा नगरपालिकाले गोदाबरी नगरपालिका कैलालीलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । यसैगरि भिमदत्त नगरपालिका, कंचलपुरले बिरेन्द्रनगर नगरपालिका सुर्खेत माथि २५–१७, २५–१६ को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बुटवल उपमहानगरपालिकाले बाणगंगा नगरपालिकालाई २५–७, २५–१२ को सोझो सेटमा पराजित गरेको हो । शनिबार बिहान पहिलो सेमीफाईनल खेल तिलोत्तमा नगरपालिकाले बेनी नगरपालिका तथा दोस्रो खेलमा बुटवल उपमहानगरपालिकाले भिमदत्त नगरपालिकासंग सामना गर्नेछ । प्रतियोगिताको उपाधि विजेतालाइ नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद ३५ हजार रुपैया तथा चौथौ टिमलाई १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताउनुभयो ।