Devdaha Tv | अपराध
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

रुपन्देहीमा १७ लाख बराबरको अबैध सामान बरामत

1 month ago
रुपन्देहीमा-१७-लाख-बराबरको-अबैध-सामान-बरामत

मंसिर २२ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंसिर २२ गते बिहान ४ बजे १७ लाख बराबरको अबैध सामान बरामत गरेको छ । रुपन्देही ओमसतिया गाउँपालिका वडा नं.४ बालापुरमा परदेशी प्रसाद शाहानीले चलाई  ल्याएको लु १ ज ४०१२ नं. को बलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा जिपभित्र अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको लेडिज सुट ३ सय १९ पिस, बिभिन्न मेसिनरी उपकरणका पाटपुर्जा १ सय ६७ पिस, मेसीनरी नट बोरा, सुपर फास्ट ४ सय ४३ पिस, डोको नेकोल थिनर ३ थान गरी बलेरो पिकअप जिप सहित अन्दाजी मुल्य  १७ लाख बराबरको अबैध सामानहरु फेला पारेको छ । अबैध सामानहरु सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको.प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो ।

Recent News