Devdaha Tv | समाचार
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

दुई ओटा टिपरको बीचमा च्यापिएर पाल्पामा एक जनाको मृत्यु

1 month ago
दुई-ओटा-टिपरको-बीचमा-च्यापिएर-पाल्पामा-एक-जनाको-मृत्यु

 २२ मंसिर । निस्दी गाउँपालिका–७ पार्सिङ चोकमा मंगलबार बेलुकी दुई ओटा टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी वर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका घर भएका ४५ तुफानी कुँवर रहेका छन् ।चुनढुङा लोड गरेको प्रदेश २–०३–००१ ख ४५६९ नम्बरको टिपर स्टार्ट बन्द नगरी चालक कुँवर पार्किङको लागि ठाउँ हेर्न टिपरबाट भुईंमा ओर्लिएका थिए । टिपर गुडेर नजिकै पार्किङमा रहेको ग २ ख ३६१ नम्बरको टिपरमा ठोक्किन जाँदा कुँवर दुई ओटा टिपरको बिचमा च्यापिन पुगेको प्रहरीले जानकारी दिएको छ ।  उनको घटनास्थलमै मृत्यु भएको बुझिएको छ ।

Recent News