Devdaha Tv | राजनीति
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

नेपाल कम्यूनिष्ट पार्टी एमाले क्षेत्र नम्वर १, रुपन्देहीको राष्ट्रिय महाधिवेशन सम्पन्न/ एमाले देशको शक्तिको रुपमा स्थापित भएको दावी

1 month ago
नेपाल-कम्यूनिष्ट-पार्टी-एमाले-क्षेत्र-नम्वर-१,-रुपन्देहीको-राष्ट्रिय-महाधिवेशन-सम्पन्न/-एमाले-देशको-शक्तिको-रुपमा-स्थापित-भएको-दावी

मंसिर २१ । नेपाल कम्यूनिष्ट पार्टी एमाले क्षेत्र नम्वर १, रुपन्देहीको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । विस्तारित भेलामा बोल्दै नेकपा एमाले कमजोर नभएकोे कुरा पार्टीको राष्ट्रिय महाधिवेशनले पुष्टि गरेको नवनिर्वाचित केन्द्रिय सचिव छविलाल विश्वकर्माले बताउनु भयो । उहाँले महाधिवेशन पछि नेकपा एमाले देशको शक्तिको रुपमा स्थापित भएको दावी गर्नुभयो । प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेता विश्वकर्माले एमाले भित्र अन्तरविरोध नभएको बताउदै पार्टीलाई एकतावद्ध बनाउने प्रमुख भूमिका कार्यकर्ताहरुको रहेको बताउनु भयो । आम नागरिक नेकपा एमालेको पक्षमा रहेको पार्टी महाधिवेशनमा सहभागिताले पनि पुष्टि गरेको दावी गर्नुभयो ।  सोही अवसरमा बोल्दै नवनिर्वाचित केन्द्रिय सदस्य दधीराम न्यौपानेले पार्टी भित्र आन्तरिक समस्या भए पार्टी भित्रै बसेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाले कमीकमजोरीलाई आत्मआलोचन गर्दै पार्टी भित्रको कुरा सामाजिक सञ्जालमा राख्नु नहुनेमा जोड दिनु भयो । पार्टीका क्षेत्रीय समनवय कमिटीका संयोजक यज्ञ गैरेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नवनिर्वाचित केन्द्रिय अनुसासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, जिल्ला कमिटी सचिव जागेश्वरी चौधरी, तामनाथ पाण्डे, अर्जुन खनाल, रमाकान्त भूषाल, लालबहादुर थापा, विष्णु ज्ञवाली, श्याम खनाल, एकनारायण रिजाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । जिल्ला कमिटी सदस्य ऋषिराम सापकोटाको स्वागत र प्रकाश अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

Recent News