Devdaha Tv | समाचार
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

मिलन सामुदायिक वन उपभोक्ता समुह देवदह तिलोत्तमाको १३ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न

1 month ago
मिलन-सामुदायिक-वन-उपभोक्ता-समुह-देवदह-तिलोत्तमाको-१३-औं-बार्षिक-साधारण-सभा-तथा-पाँचौ-अधिवेशन-सम्पन्न

मंसिर २१ । मिलन सामुदायिक वन उपभोक्ता समुह देवदह तिलोत्तमाको १३ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । समुहका अध्यक्ष तेजबहादुर कुवरको अध्यक्षता र डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख सुवेदीले वनको संरक्षण सम्वद्र्धन संगै सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले वन अतिक्रमण, चोरी निकासी रोक्न आम उपभोक्ता सचेत भएर लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सव डिभिजन वन कार्यालय देवदहका सहायक वन अधिकृत चन्द्रबहादुर रानाभाट, गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, रोहिणी सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर रसाईली, समुहका पुर्वअध्यक्ष शेरबहादुर तामाग लगायतले आआफना भनाई राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष कुवरले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष चोलाकान्त पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पाचौ अधिवेशनले पुनः तेजबहादुर कुजरको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा केशवीर दर्लामी, उपाध्यक्षमा दिलबहादुर पुन, सचिवमा सरिता नेपाली, सहसचिवमाा कल्पना बुढा, कोषाध्यक्षमा चोपलाल पराजुली रहनु भएको छ । समितिको अन्य सदस्यहरुमा भगवती वस्याल, रामबहादुर कुवर, लक्ष्मी क्षेत्री, दुर्गा पौडेल, सुमित्रा बराई, केशव खरेल, थमकुमारी थापा, भूमिसार राना, भिमसेद राना रहनु भएको छ । अधिवेशनले गंगाबहादुर थापाको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । जसको सदस्यहरुमा चोलीमाया राना, मिना पौडेल रहनु भएको छ । समुहका उपाध्यक्ष केशवीर दर्लामीको स्वागत र सचिव दिलिप पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

Recent News