Devdaha Tv | समाचार
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

रुपन्देहीको देवदह नगरपालिका–४, भवानीपुरमा एक महिने सिपमुलक तालिम शुरु

1 month ago
रुपन्देहीको-देवदह-नगरपालिका–४,-भवानीपुरमा-एक-महिने-सिपमुलक-तालिम-शुरु

मंसिर २१ । रुपन्देहीको देवदह नगरपालिका–४, भवानीपुरमा एक महिने सिपमुलक तालिम शुरु भएको छ । देवदह नगरपालिका, उपप्रमुख संग महिला कार्यक्रम अन्र्तगत प्राकृति रेशाजन्य वनस्पति थाकलको हस्तकलाका विभिन्न सामाग्री निर्माण गर्ने तालिम शुरु भएको हो । देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता र नगरप्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा उक्त तालिम शुरु भएको हो । महिलाहरुलाई शसक्तिकरण बनाई आर्थिक विकास गर्ने गरी तालिमको आयोजना गरेको नगरपालिकाले जनाएको छ । तालिमको उद्घाटन गर्दै नगर प्रमुख खत्रीले सिप र ज्ञानलाई उत्पादन संग जोड्न सकेमात्र आर्थिक विकास गर्न सकिनेमा जोड दिनुभयो । उहाँले ज्ञान र सिपलाई व्यवहारमा उतारी उद्यमी बन्न सक्ने बताउदै उद्यमी हुन सके आत्मनिर्भर बन्न सक्नेमा जोड दिनुभयो । नगर प्रमुख खत्रीले महिलाहरुको आर्थिक रुपमा पहँुच नहुदासम्म समृद्धि आर्थिक हासिल गर्न नसकिनेमा जोड दिनु भयो । खत्रीले जंगल क्षेत्रमा प्रस्तत रुपमा रहेका थाकलको विभिन्न प्रकारको सामाग्री उत्पादन गरेर आर्थिक विकास गर्नुपर्नेमा जोड दिनु भयो । तालिम उद्घाटन कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृात डिल्लीराज बेलवासे, देवदह–४, का वडाअध्यक्ष दीपक चापागाई, ओमराजश्री मल्टि एग्रोका युवराज गैरे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । देवदह नगरपालिका ३ र ४ का महिलाहरुको सहभागिता रहेको तालिमको शिवकुमारी चौधरी र कोपिला भुजेलले सहजीकरण गर्ने नगरपालिकाले जनाएको छ । उपप्रमुख संग महिला कार्यक्रमका सदस्य रेनुका आलेको स्वागत र देवी अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

Recent News