Devdaha Tv | अन्तर्राष्ट्रिय
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

फेसबुकविरुद्ध एक खर्ब ५० अर्ब क्षतिपूर्ति माग गर्दै मुद्दा दायर

1 month ago
फेसबुकविरुद्ध-एक-खर्ब-५०-अर्ब-क्षतिपूर्ति-माग-गर्दै-मुद्दा-दायर

मंसिर २१ । अमेरिका र बेलायतमा रहेका एक दर्जनभन्दा धेरै रोहिंग्या समुदायका मानिसले फेसबुकविरुद्ध एक खर्ब ५० अर्ब क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन्। फेसबुकले रोहिंग्या समुदायमाथिको हिंसालाई बढावा दिएको भन्दै सामाजिक सञ्जाल कम्पनीविरुद्ध मुद्दा दायर गरेका हुन्।  सन् २०१७ मा म्यानमारमा रोहिंग्यामाथि भड्किएको हिंसामा अनुमानित १० हजारभन्दा धेरै रोहिंग्या मारिएका थिए।  फेसबुकको कम्पनी मेटाले भने अहिले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। बेलायतमा रोहिंग्याको प्रतिनिधित्व गरिरहेको ल फार्मले दिएको जानकारी अनुसार फेसबुकमाथि वर्षौंदेखि  घृणायुक्त र खतरानक गलत सूचना प्रचारको अनुमति दिएको सत्य तथ्यको जाँच गर्ने कर्मचारी नराखेको, समयमा नै सही कदम नचालेको जस्ता आरोप लगाइएको छ। फेसबुकमा म्यानमारका २ करोडभन्दा धेरै प्रयोगकर्ता छन्। धेरै मानिसको लागि यो नयाँ सूचना र समाचार पाउने एकमात्र प्लेटफर्म हो। 

Recent News