Devdaha Tv | खेलकुद
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

चार राष्ट्र सम्मिलित फुटबल प्रतियोगिता रद्द

1 month ago
चार-राष्ट्र-सम्मिलित-फुटबल-प्रतियोगिता-रद्द

मंसिर २१ । भारतमा हुने भनिएको चार राष्ट्र सम्मिलित फुटबल प्रतियोगिता नै रद्द भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई फुकुवा गरेको छ । भारतमा हुने फोर नेसन्स कपका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय महिला टोलीलाई एन्फाले सोमबार राति रिलिज गरेको हो। प्रतियोगिता डिसेम्बर ९ देखि २१ सम्म हुने तालिका थियो। तर कोरोना भाइरसको महामारीका कारण भारतले प्रतियोगिता रद्द गर्दा बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई फुकुवा गरेको एन्फाले जनाएको छ।  प्रतियोगितामा आयोजक भारतसहित नेपाल, थाइल्याण्ड र एक अरेबियन देश सहभागी हुने बताइएको थियो।

Recent News