Devdaha Tv | खेलकुद
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

नेपाल महिला टी–२० विश्व कप ग्लोबल छनाेटमा पुग्न असफल

1 month ago
नेपाल-महिला-टी–२०-विश्व-कप-ग्लोबल-छनाेटमा-पुग्न-असफल

 मंसिर १२ । नेपाल महिला टी–२० विश्व कप ग्लोबल छनोटमा पुग्न असफल भएको छ । एसिया छनोट अन्तर्गत  आइतवार भएको खेलमा यूएईसँग पराजित भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो । ग्लोबल छनोटमा पुग्न नेपालले आज यूएईलाई फराकिलो अन्तरले हराउनुपर्नेमा उल्टै हार बेहोर्‍यो । यूएईले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि इन्दु बर्माले १५ र सीता रानामगरले १३ रन बनाए । बलिङतर्फ यूएईका लागि समाइरा धरनिधरकाले चार विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नाले समान दुईरदुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । यूएईका लागि चमानी सेनेविरत्नाले ५२ र तीर्था सतिसले ४७ रन बनाए । बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन् भने सबनम राई,  सीता राना मगर र संगीता राईले एक एक विकेट लिए । 

Recent News