Devdaha Tv | समाचार
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

अमेरिकामा ३२ प्रतिशतले बालबालिकामा फेरि कोरोना संक्रमण

1 week ago
अमेरिकामा-३२-प्रतिशतले-बालबालिकामा-फेरि-कोरोना-संक्रमण

मंसिर ९ । कोराना महामारीबीच बन्द रहेको विद्यालय सञ्चालनमा आएपछि अमेरिकामा ३२ प्रतिशत बालबालिका पुनः संक्रमित भएका छन् । अमेरिकामा बालबालिकाको संख्या २२ प्रतिशत रहेकोमा ६८ लाख बालबालिका संक्रमित भइसकेका छन् । यद्यपि संक्रमणको दर भन्दा मृत्युदर भने न्यून रहेको तथ्याङ्कले देखाएको छ । संक्रमण बढ्न थालेपछि अभिभावकहरूले बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् । अमेरिकन एकेडमी अफ पीडियाट्रिक्सको रिपोर्ट अनुसार अमेरिकामा पछिल्लो साता एक तिहाइ बालबालिका संक्रमित भएका छन् । यही ११ देखि १८ नोभेम्बरसम्मको तथ्याङ्कअनुसार १ लाख ४१ हजार ९ सय ५ बालबालिका कोरोना संक्रमित भएका छन् । यसैबीच कोरोना संक्रमित अधिकांश बालबालिकामा इन्फुल्एन्जा, मेनेन्जाइटिस, दादुरा, र हेपेटाएटिसको खोप धमाधम लगाउन थालिएको छ ।अमेरिकामा कोरोनाका कारण हालसम्म ७ लाख ९८ हजार २ सय ४५ बढीको मृत्यु भइसकेको छ भने संक्रमित संख्या४ करोड ८९ लाख ७२ हजार ५ सय नाघिसकेको छ ।

Recent News