Devdaha Tv | राजनीति
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

भातृ विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीद्धारा दशौं महाधिवेशनको पूर्वसन्ध्यामा प्रभात फेरि सम्पन्न

2 weeks ago
भातृ-विद्यार्थी-संगठन-अनेरास्ववियु-रुपन्देहीद्धारा-दशौं-महाधिवेशनको-पूर्वसन्ध्यामा-प्रभात-फेरि-सम्पन्न

मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भातृ विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीले पार्टी को दशौं महाधिवेशनको पूर्वसन्ध्यामा  प्रभात फेरि  सम्पन्न गरेको छ । अनेरास्ववियुले महाधिवेशन भब्य रूपमा सम्पन्न गर्न को निम्ति मंसिर १० गते चितवन जान को लागि आव्हान आह्वान समेत गरेको छ  । अनेरास्ववियु क्रेन्दिय कमिटीको  सर्कुलर अनुसार आज बिहान ८ बजे बुटवल बहुमुखी क्याम्पस बाट रुपन्देही जिल्लाका विभिन्न क्याम्पसका बिद्यार्थीहरु सहित बुटवल को पाल्पा बसपार्क सम्म गई पुनः बुटवल बहुमुखी क्याम्पस आएर प्रभात फेरि सम्पन्न भएको थियो । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय स्थाई कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी संयोजक सरोज पोखरेल, केन्द्रिय सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य साजन भण्डारी, केन्द्रीय सदस्य नबिन थापा सारु, सरोज ठकुरी, इन्दु ज्ञवालि, सन्दिप गुप्ता, अनेरास्ववियु रुपन्देही जिल्ला  अध्यक्ष शेषकान्त पोखरेल , उपाध्यक्ष भरत अर्याल, रमेश ढकाल, सहसचिव प्रकाश न्यौपाने, योगेश पराजुलि, अर्जुन गैरे, कोषाध्यक्ष सुमित सापकोटा लगायत जिल्लाका अगुवा नेताहरुको सहभागीता रहेको थियो ।

Recent News