Devdaha Tv | राजनीति
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

एमालेको १० औं राष्ट्रिय महाधिबेशनमा युवा संघ रुपन्देहीले गैंडाकोटमा स्वास्थ हेल्प डेक्स संचालन गर्ने

2 weeks ago
एमालेको-१०-औं-राष्ट्रिय-महाधिबेशनमा-युवा-संघ-रुपन्देहीले-गैंडाकोटमा-स्वास्थ-हेल्प-डेक्स-संचालन-गर्ने

मंसिर ७ । एमालेको १० औं राष्ट्रिय महाधिबेशनमा युवा संघ रुपन्देहीले गैंडाकोटमा स्वास्थ हेल्प डेक्स संचालन गर्ने भएको छ । मंगलबार नेकपा एमाले बुटवल पार्टी कार्यालय सुख्खानगरमा बसेको एमाले निकट भातृ सङ्गठन राष्ट्रिय युवा सघ नेपाल रुपन्देही जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष मनोज गौचनको अध्यक्षता भएको बैठकमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य  तथा युवा इन्चार्ज ऋषि राम पाण्डेको प्रमुख आतिथ्यताता र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय स्थायी कमिटी सदस्य केशब रोकाको विशिष्ट  आतिथ्यता रहेको थियो । यहि मंसिर १० गते चितवनमा हुने महाधिवेशनमा हरेक कमिटीमा  सम्पूर्ण कार्यकर्तालाई  अनिवार्य रुपमा आफ्नो आफ्नो स्थानबाट पार्टी कमिटीले उपलब्ध गराएको साधनमा जाने र गैंडाकोटमा स्वास्थ हेल्प डेक्स संचालन गर्ने निर्णय गरेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कार्यालय सदस्य एवं युवा इन्चार्ज कृष्ण बहादुर कुमालले जानकारी दिनुभयो । यसै गरि बैठकले चितवनमा हुने महाधिवेशनमा युवा संघ रूपन्देहीबाट १५ सय भन्दा बढी युवाहरुलाइ सहभागी गराउने समेत निर्णय गरेको छ ।

Recent News