Devdaha Tv | राजनीति
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत रुपन्देहीको क्षेत्र नं. १ को अधिवेशन सम्पन्न/देउबा पक्षका हिरा बहादुर खत्रीको पुरै प्यानल बीजयी

2 weeks ago
काँग्रेसको-१४औं-महाधिवेशन-अन्तर्गत-रुपन्देहीको-क्षेत्र-नं.-१-को-अधिवेशन-सम्पन्न/देउबा-पक्षका-हिरा-बहादुर-खत्रीको-पुरै-प्यानल-बीजयी

मंसिर ७ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशनमा रुपन्देहीको क्षेत्र नं. १ मा देउबा पक्षका हिरा बहादुर खत्रीको पुरै प्यानल बीजयी भएको छ । देवदह नगरपालिका वडा नं. १ स्थित खड्ग मा. वि. मा भएको निर्वाचनमा क्षेत्र नं. १ बाट कांग्रेका दुइ प्यानल निर्वाचनमा होमीएको थिए  । देउवा पक्षका हिरा बहादुर खत्री र पौडेल पक्षका विश्वनाथ यादवको नेतृत्वमा भएको निर्वाचनको नतिजामा काँग्रेसका क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रिले ३९६ मत पाउँदा विश्वनाथ यादवले २१५ मत मात्र पाएपछि हिरा बहादुर खत्रि १८१ मत अन्तरले पुन क्षेत्रीय सभापतीमा बिजयी हुनुभएको हो । त्यस्तै सचिवमा बिजय गुरुङ्गले ३६१ मत तथा बैजनाथ साहनीले ३५२ मत सहित बिजय हाँसील गर्दा पौडेल पक्षका सचिव पदका उम्मेदवारहरु विनोद न्यौपाने र अर्जुन पोखरेलले क्रमश २४६ र २१२ मत मात्र पाउनुभएको छ । सह सचिवमा नर बहादुर थापा सुरज र मोहम्मद रजा पठान पनि बिजयी हुनुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ । कुल ४५ पदका लागि हुने निर्वाचनमा ३ जना निर्वाचन अघि नै सर्वसम्मत रुपमा चयन हुनुभएको थियो । महाधिवेशन प्रतिनिधि तर्फ मुस्लीम कोटाबाट पार्टीका जिल्ला सभापती तथा पुर्व मन्त्री अब्दुल रज्जाक, अपाङ्ग कोटाबाट धर्म सापकोटा र मधेसी महिला कोटाबाट भगवन्ती निषाद सर्वसम्मत चयन हुनुभएको थियो । निर्वाचनमा कुल ४२ सिटका लागि दुई प्यानलका चौरासी जनाको उम्मेदवारी रहेको थियो । मतदान गर्ने क्षेत्रीय प्रतिनिधिको संख्या ६२४ रहेकोमा ६१६ मत खसेको थियो ।

Recent News