Devdaha Tv | मनोरन्जन
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

लक्ष्मी पुजामा राष्ट्रिय कलाकार सहितको सांस्कृतिक कार्यक्रम हुने

1 month ago
लक्ष्मी-पुजामा-राष्ट्रिय-कलाकार-सहितको-सांस्कृतिक-कार्यक्रम-हुने

कातिक १७ । रुपन्देहीको देवदहमा लक्ष्मी पुजाको अवरशमा राष्ट्रिय कलाकार सहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ । देवदह–२ मा रहेको द होटल एकताको उद्घाटनको अवशरमा होटल द एकताको आयोजनामा साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो । आज होटलमा भएको पत्रकार सम्मेलनमा कात्र्तिक १८ गते लोक तथा दोहोरी गायक पुष्कल शर्मा, हाँस्यकलाकार सुवोध गौतम, प्रकुसन ब्याण्ड र स्थानिय कलाकारको साथमा साँस्कृतिक कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी दिएको छ । साँस्कृतिक कार्यक्रममा प्रवेशका लागि ५ सय प्रवेश शुल्क तोकिएको होटेलका संञ्चालक गुमान सिं थापाले जानकारी दिनु भयो । होटेलको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य डा.कृष्ण न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । देवदहको दक्षीणी ग्रामिण क्षेत्रमा सञ्चालित होटेलले देवदह क्षेत्रको पर्यटन प्रर्वद्धनमा बिशेष मद्धत गर्ने होटल सञ्चालकको बिश्वास रहेको छ । करीब १ करोड ५० लाख लगानीमा सञ्चालनमा ल्याइएको होटलमा लोकल कुखुराको मासु कोदोको ढेडो, फापरको ढेडो र स्थानिय परिकारलाई बिषेश जोड दिइएको होटलका अर्का सञ्चालक बिष्णु प्रशाद शर्माले जानकारी दिनु भयो । सांस्कृतिक कार्यक्रमबाट प्राप्त रकम सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको बताइएको छ । सांस्कृतिक कार्यक्रमको व्यवस्थापन स्थानिय युवा क्लबले गर्नेछ । होटलको उद्घाटन समारोह र साँस्कृतिक कार्यक्रम एकै दिन फरक–फरक समयमा हुनेछ ।

Recent News