Devdaha Tv | खेलकुद
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

मुख्य प्रशिक्षक अल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर

1 month ago
मुख्य-प्रशिक्षक-अल्मुताइरीले-गरे-तीन-वर्षे-सम्झौतामा-हस्ताक्षर

कार्तिक १६ । नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नु अघि अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए । तर अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफल पछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् । मुख्य प्रशिक्षक अल्मुताइरीका अनुसार १ नोभेम्बरबाट सुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहनेछ । 

Recent News