Devdaha Tv | समाचार
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

मोतिपुरमा भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुग्यो : तनाव वढेपछि अनिश्चितकालिन कफ्र्यु

1 week ago
मोतिपुरमा-भएको-झडपमा-परी-मृत्यु-हुनेको-संख्या-चार-पुग्यो-:-तनाव-वढेपछि-अनिश्चितकालिन-कफ्र्यु

असोज २४ । रूपन्देहीको मोतिपुरमा भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । मोतिपुर औद्योगिक क्षेत्रमा बसिरहेकाहरूलाई प्रहरीले हटाउन खोजेपछि आज झडप भएको थियो । झडपका क्रममा गोली लागि घाइते उनिहरुको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । त्यसक्रममा ३ दर्जनभन्दा बढी घाइते भएका छन । सो क्षेत्रमा अहिले कफ्र्यू लगाइएको छ । आज अपराह्न ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यू लगाइएको जनाइएको छ । पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कफ्र्यु जारी गरिएको हो । झडपका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको स्थानीयको आरोप छ । तर, रूपन्देहीका प्रमुख जिल्ला अधिकारीले भने अश्रु ग्यास र हवाइ फायर पछि पनि प्रहरीमाथि ढुंगामुडा हुन थालेपछि प्रहरीले गोली चलाएको बताएका छन ।