Devdaha Tv | राजनीति
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको वडा समिती गठन

1 week ago
राष्ट्रिय-प्रजातान्त्रिक-युवा-संगठनको-वडा-समिती-गठन

असोज २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको देवदह–६ को वडा समिती गठन गरीएको छ । शनिबार सम्पन्न युवा भेलाले अमन गुरूङको अध्यक्षतामा २३ सदस्यीय वडा समिती गठन गरेको हो । जसको बरिस्ठ उपाध्यक्षमा मदन बुढाथोकी, उपाध्यक्षहरूमा किरण चापागाई, शिला केसी, सचिवमा तिल कुमारी पुन, सह–सचिवमा शिव क्षेत्री र कोषाध्यक्षमा राजेश वस्याल चयन भएका छन । युवा भेलालाई सम्बोधन गर्दै राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले काग्रेस र कम्युनिस्टहरूले आलोपालो देश बेच्ने काम गरेको आरोप लगाए । उनले अहिलेका राजनैतिक दलका कारण बैदेशिक हस्तक्षेप वढेको भन्दै राष्ट्रिय स्वाधिनताका लागि राप्रपा एक मात्रै विकल्प भएको दाबी गरे । विदेशीको ईसारामा राजा र हिंन्दु राष्ट्र फालेको आरोप लगाउँदै नेता उदयले राजतन्त्र पुनस्र्थापना नभए आन्दोलन चर्काउने चेतावनी दिए । देश विकासका लागि राजतन्त्र आवश्यक रहेको नेता उदयको जिकिर थियो । राप्रपाका केन्द्रीय सदस्य ताहिर अलीले पार्टी निर्माणमा लाग्न युवाहरूलाई निर्देशन दिए । उनले पार्टी निर्माणको जिम्मा युवाहरूको काँधमा आएको उल्लेख गरे । राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्सालले स्थानिय तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा क्षेत्रिय सदस्य कमल प्रसाद गौतम, राप्रपा जिल्ला सदस्य गंगाराम बिक र युवा संगठनका जिल्ला सदस्य पारस अधिकारीले बोलेका थिए । सो अवशरमा अपाङ्गता भएका डिल बहादुर पुनलाई ह्वील चियर प्रदान गरीएको थियो । उनि लामो समय देखि प्यारालाइसिसका कारण पिडित छन ।