Devdaha Tv | समाचार
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

कमल रायमाझीलाई भुवन स्मृति पर्यटन पत्रकारिता पुरस्कार

2 weeks ago
कमल-रायमाझीलाई-भुवन-स्मृति-पर्यटन-पत्रकारिता-पुरस्कार

असोज २२ । लुम्बिनी प्रेस क्लबले प्रदान गर्ने भुवन स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट भैरहवाका पत्रकार कमल रायमाझी पुरस्कृत भएका छन । वरिष्ठ पत्रकार नारायण सापकोटाद्वारा स्थापित ५० हजार राशिको पुरस्कार शुक्रबार लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदान गरेका हुन । लुम्बिनी आसपासको पर्यटन प्रवद्र्धन गर्न खोजमुलुक समाचार प्रकाशन र प्रसारण गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो । पत्रकार रायमाझी लामो समय देखि भैरहवा क्षेत्रलाई कार्यस्थल बनाएर पत्रकारीता गर्दै आइरहेका छन । कार्यक्रममा मुख्यमन्त्री केसीले पत्रकारिताको विकासका लागि सरकार सहयोगी बन्ने बताएका छन । अहिले संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउने सवालमा पत्रकारिताले योगदान गर्नुपर्ने उनको धारणा थियो । पुरस्कारका संरक्षक वरिष्ठ पत्रकार नारायण सापकोटाले लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन र विकासमा कलम चलाउनुपर्नेमा जोड दिए ।