Devdaha Tv | समाचार
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

घटस्थापनाको अवसरमा पल्लवी साकोस द्धारा सरसफाइ कार्यक्रम सम्पन्न

2 weeks ago
घटस्थापनाको-अवसरमा-पल्लवी-साकोस-द्धारा-सरसफाइ-कार्यक्रम-सम्पन्न

असोज २१ । घटस्थापनाको पुर्वसन्ध्या पारेर पल्लवी साकोसले बिहिबार मन्दिर तथा टोल सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक साथै सांस्कृतिक सचेतना फैलाउने उद्देश्य सहित सो कार्यक्रम सञ्चालन गरेको साकोसका अध्यक्ष दिवाकर अधिकारीले बताएका छन । टोलगत संरचना, सचेतना क्लबहरुको नेतृत्व र देबदह क्षेत्रका २० वटा छुट्टाछुट्टै स्थानहरु गरि करिब ५ सय जनाको उपस्थितिमा मन्दिर, टोल ,बिद्यालय तथा सार्बजनिक स्थानहरुमा सरसफाइ गरिएको थियो । चाडपर्व नजिकिए सगँै यसले वातारणमा असर गर्ने भएकाले सबैजना मिलेर आफ्नो वरपरको वातावरण सरसफाई गर्नुपर्ने अधिकारीले बताएका छन ।