Devdaha Tv | राजनीति
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

जनयुद्धका कारण देशमा आमुल परिवर्तन सम्भव भयो : खाँ

1 month ago
जनयुद्धका-कारण-देशमा-आमुल-परिवर्तन-सम्भव-भयो-:-खाँ

भदौ ३१ । नेकपा माओवादी केन्द्रका नेता हकिकुल्ला खाँले माओवादी जनयुद्धका कारण देशको आमुल परिवर्तन सम्भव भएको बताएका छन । बुधबार रुपन्देहीको सिद्धार्थनगरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको दोस्रो नगर भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै हरेक बर्ग क्षेत्र र समुदायको मुक्तिको आरम्भ माओवादी जनयुद्धको समयमा भएको बताए । उनले यसलाई बचाई राख्नु अहिलेको प्रमुख कार्यभार भएकोमा जोड दिए । अनेमसंघ क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज दामा शर्माले नेपालको संविधानमा महिलाहरुको हकअधिकार सुनिश्चित गर्ने पार्टी नेकपा माओवादी रहेको बताइन । उनले माओवादी आन्दोलनमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको स्मरण गरीन । नेकपा माओवादी केन्द्र रुपन्देही ईन्चार्ज राम प्रसाद बञ्जाडेले महिला सहभागिको बिषयमा माओवादी आन्दोलनको भुमिका महत्वपूर्ण भएको बताए । महिलाहरुलाई आर्थिक समाजिक तहमा सक्षम बनाउन, तीन तहका सरकार लाग्नु पर्नेमा उनको जोड थियो । उनले परिवर्तनको सुरुवात घर परिवारबाटै गर्नु पर्ने बताए । सो पार्टीका रुपन्देही संयोजक नारायण जिसीले एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा महिला नेतृहरु सोनिया यादव, टिका वली र रिज्जु श्रेष्ठले बोल्दै संविधनमा उल्लेखित कुराहरु व्यवहारमा लागनु हुन नसक्दा समस्या भएको बताए ।