Devdaha Tv | राजनीति
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

लुम्बिनी प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित

1 month ago
लुम्बिनी-प्रदेश-सभाको-बैठक-एक-घण्टाका-लागि-स्थगित

भदौ ३१ । लुम्बिनी प्रदेश सभाको आजको बैठक एक घण्टाका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो । सभामुख पुर्ण बहादुर घर्तीले प्रदेश सभा बैठक सुरु गर्न साथ एमाले नेताहरु रोष्टम अघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर जस्ता नारा लगाएर बैठक अवरोध गरेका हुन । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले पार्टीले दुई सांसदलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदा सम्म सदन चल्न नदिने अडान राख्दै विरोध गरेका हुन । बैठक ३ बजेर १० मिनेट जादाँ सुरु हुनेछ ।