Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

1 day ago
शोक-प्रस्ताव-पारित-गर्दै-राष्ट्रियसभा-बैठक-स्थगित

भदौ ३० । राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकले पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्थाव पारित गरेको हो । बुधबारको बैठकको शोक प्रस्तावबाहेकका विषयलाई कार्यसूचीबाट हटाइएको थियो । शोक प्रस्ताव पारित गर्दै बुधबारको बैठक ५ असोज २०७८ सम्मका लागि स्थगित गरिएको छ ।