Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

लुम्बिनी प्रदेशसभाकोे बुधबार बस्ने बैठक फेरि स्थगित

2 days ago
लुम्बिनी-प्रदेशसभाकोे-बुधबार-बस्ने-बैठक-फेरि-स्थगित

भदौ २९ । लुम्बिनी प्रदेशसभाको भोलि बुधबार बस्ने बैठक भदौ ३१ गते सम्मका लागि स्थगित भएको छ । प्रदेशससभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेश सभाको बैठक भदौ ३१ गते दिउँसो १ बजे बस्ने गरि स्थगित भएको जनाएको छ । भाद्र ३० गते बुधबार दिनको १ बजे बस्ने गरी पूर्व सूचना अनुसार निर्धारित नवौं अधिवेशनको पाँचौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल भाद्र ३१ गते बिहिबार दिनको  १ः०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९ सय ३० बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि अनुरोध छ, भनि विज्ञप्तिमा उल्लेख गरिएको छ । एमालेले मन्त्री अजय शाही र बिमला कुमारी वलीलाई सांसद पदबाट हटाउन माग गर्दै भदौ १ गते देखि नै सदन अवरुद्ध तथा बहिष्कार गर्दै आएको छ । एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले अध्यक्ष केपी शर्मा ओली भोलि बुटवल आउने कार्यक्रम रहेकाको सत्तारूढ दलका सचेतकहरूलाई जानकारी गराउनु भयो । कांग्रेस प्रमुख सचेतक फखरूद्दिन खानले एमालेको विशेष कार्यक्रम भएकाले बुधबारको बैठक सार्ने सहमति भएको जानकारी दिनुभयो ।