Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

अखिल क्रान्तिकारी रुपन्देहीको अध्यक्षमा कपिल चापागाई 

2 days ago
अखिल-क्रान्तिकारी-रुपन्देहीको-अध्यक्षमा-कपिल-चापागाई-

भदौ २९ । अखिल क्रान्तिकारीको रुपन्देही अध्यक्षमा कपिल चापागाई चयन भएका छन । सोमबार सम्पन्न २२ औँ सम्मेलनले चापागाईको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । संगठनको उपाध्यक्षमा उपाध्यक्षमा टिकाराम आचार्य , सपन पौडेल , प्रशान्त बञ्जाडे , काशिराम आचार्य र सचिवमा सागर न्यौपाने , सह–सचिवमा प्रचण्ड न्यौपाने , सृजना पौडेल र कोषाध्यक्षमा बिष्णु प्रसाद ज्ञवाली चयन भएको संगठनका जिल्ला ईन्चार्ज रुपेश पौडेलले जानकारी दिए । सम्मेलनको उद्घाटनसत्रमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र बस्नेतले बैज्ञानिक समाजवादमा आधारीत शिक्षा प्रणाली लागु हनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय सर्वसाधारणको सरकारी शिक्षण संस्थाहरुमा पनि पहुँच नपुग्ने अवस्था बनेको उल्लेख गर्दै दुई खाले शिक्षा प्रणाली खारेज गरेर समाजवादमा आधारीत शिक्षा प्रणाली लागु गर्न माग गरे । शिक्षाको व्यापार अन्त्यको पहलका लागि अखिल क्रान्तिकारीले नेतृत्व लिनु पर्ने उनको धारणा थियो । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष एवम माओवादी नेता बामदेव क्षेत्रीले समाज रुपान्तरणमा लाग्न विद्यार्थी मोर्चालाई आग्रह गरे । उनले अबको युग युवा विद्यार्थीको काँधमा रहेकाले सम्यम भएर अघि वढ्न सुझाब दिए । सम्मेलमा पार्टीका जिल्ला ईन्चार्ज टंकमणी शर्मा, जिल्ला संयोजक नारायण जिसी र अखिल क्रान्तिकारीका केन्द्रिय सचिव नरेश रेग्मीले बोल्दै अखिल क्रान्तिकारीको अबको कार्यभार शिक्षा क्षेत्रको वेतिथि अन्त्य गर्ने भएको बताए ।