Devdaha Tv | समाचार
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

शिशु हत्याकाे आराेपमा बाबू आमा पक्राउ

4 days ago
शिशु-हत्याकाे-आराेपमा-बाबू-आमा-पक्राउ

भदाै २६ । रूपन्देहीमा शिशुकाे हत्या गरेकाे आराेपमा शिशुकाे बाबू आमालाई प्रहरीले पक्राउ गरेकाे छ ।गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार राति आफ्नै घरमा ८ महिने शिशु सुरज मल्लाहा मृत अवस्थामा भेटिएका थिए। शिशुको हत्या भएको आंशकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। शिशुको हत्या गरेको हुनसक्ने आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाई छ। घरमा शिशुका बाबु-आमा बाहेक अरु कोही पनि नरहेकोले उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।