Devdaha Tv | अर्थ बजार
श्रावण १० २०७८ | 2021 Jul 25
Flash News

बुटवल उद्योग बाणिज्य संघ र गुजरात उद्योग बाणिज्य संघ विच संस्थागत विकास समझदारी

1 year ago
बुटवल-उद्योग-बाणिज्य-संघ-र-गुजरात-उद्योग-बाणिज्य-संघ-विच-संस्थागत-विकास-समझदारी

बुटवल उद्योग वाणिज्य संघ र भारतको गुजरात उद्योग वाणिज्य संघ बिच दुई स्थानको औद्योगिक व्यापारीक क्षेत्रको बिकास, अनुभव आदान प्रदान र सस्थागत बिकासका सम्वन्धमासमझदारी पत्रमा हस्ताक्षर भएको छ ।भारतको गुजरातमा हिजोदे िखजारी गुजरात ग्लोवल समिटका अवसरमा आज बुटवल उद्योग वाणिज्य संघ रगुजरात उद्योग वाणिज्य संघबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।गुजरातका मुख्यमन्त्रि बिजय रुपानी, उद्योग मन्त्रि गिरीराज सिंह लगायत गुजरातका मन्त्रिहरु, बिभिन्न देशका उद्योग बाणिज्य संघका अध्यक्ष तथा बरिष्ठ उद्योगपतिहरुको उपस्थितिमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हमाल र गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष डा जयमिन भाषाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान भएको हो ।भोलीसम्म चल्ने भिबरन्त गुजरात ग्लोवल समिटमा १ सय भन्दा बढी देशका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको छ । यसै अवसरमा प्रदृशनी समेत आयोजना गरीएको छ ।प्रदशनीमा प्लाष्टिक, इञ्जिनियरिगं, अटो, कृषि, खाद्य प्रशोधन, टेक्सटायल, सेरामिक्सका उद्योगहरको प्रदर्शन गरीएको छ ।समिट तथा प्रर्दशनीमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष हमाल सहित निवर्तमान अध्यक्ष महेशमान सिंह, पुर्वअध्यक्ष तथा सल्लाहकारहरु सुरेन्द्र प्रसाद श्रेष्ठ,जीवन प्रसाद वझा, अर्जुनमान सैजू र नवराज श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, वाणिज्य उपाध्यक्ष हरी अर्याल, महासचिव दिनेश प्रसाद श्रेष्ठ,कोषाध्यक्ष बिमलराज भट्टराई,सचिव कमल पौडेल र कार्यसमिति सदस्यहरु नबिन श्रेष्ठ, निर्मित कसजू,सञ्जय जैसवाल, मनोज ध्वजू, मुक्ति अधिकारी, प्रतिक पोखरेल, शुक्रप्रसाद बस्याल, प्रकाश श्रेष्ठ, दिनेश श्रेष्ठ तथा कार्यकारी सचिव सञ्जय ज्ञवाली सहभागि छन् ।त्यस्तै महिला उद्यमी पूजन श्रेष्ठ,युवा उद्यमी निखिल वझा, व्यवसायी अशोक कुमार श्रेष्ठ र कृष्ण प्रसाद ज्ञवाली पनि भ्रमण टोलीमा छन् ।