Devdaha Tv | अन्तर्राष्ट्रिय
भाद्र १ | 2022 Aug 17

अमेरिकी सेना द्धारा अफगानिस्तानमा ड्रोन आक्रमण

11 months ago
अमेरिकी-सेना-द्धारा-अफगानिस्तानमा-ड्रोन-आक्रमण

भदौ १२ । अमेरिकी सेनाले आफूले अफगानिस्तानका इस्लामिक स्टेट (आईएस)  समुहका सदस्यलाई निशाना बनाउदैँ ड्रोन आक्रमण गरेको जनाएको छ। अमेरिकी अधिकारीका अनुसार शुक्रबार काबुल विमानस्थलमा आक्रमणको योजनाकार इस्लामीक समूहका सदस्यलाई निशाना बनाई ड्रोन आक्रमण गरिएको हो।   शुक्रबारको आक्रमणमा परि अहिलेसम्म कम्तीमा एक सय ७० जनाको मृत्यु भइसकेको छ। जसमा कम्तीमा १३ जना अमेरिकी सैनिक रहेका छन्। यो घटनाको जिम्मा अफगानिस्थानको आईएस समुहले लिएको थियो। अमेरिकाले अफगानिस्तानको नागाहार प्रान्तमा ड्रोनका माध्यमबाट बदला लिएको जनाएको छ। शुक्रबार बम बिस्पोटनपछि अमेरिकी राष्ट्रपति जो बाइडनले पत्रकार सम्मेलनमा घटनामा संलग्नलाई खोज्ने बताएका थिए।