Devdaha Tv | अन्तर्राष्ट्रिय
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

काबुल विमानस्थलमा बम विस्फोट मर्नेको सङख्या ९० पुग्यो, फेरि हमला हुनसक्ने चेतावनी

2 weeks ago
काबुल-विमानस्थलमा-बम-विस्फोट-मर्नेको-सङख्या-९०-पुग्यो,-फेरि-हमला-हुनसक्ने-चेतावनी

भाद्र ११ । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङख्या ९० पुगेको छ । एक अफगनी जनस्वास्थ्य अधिकारीले बताएको भन्दै उक्त अपडेट बीबीसीले लेखेको छ । काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबार दुईवटा बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनक सहित अहिल सम्म ९० जनाको मृत्यु भएको बताइएको छ । सो घटनामा घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ । मृत्यु हुने अफगानी मध्ये कम्तीमा २८ जना तालिबानका सदस्य रहेको एक तालिबानी अधिकारीले बताएका छन । उक्त विस्फोट इस्लामिक स्टेट आइएले गराएको हुनसक्ने बताइएको छ । अफगानिस्तानको सत्तामा तालिबानले कब्जा जमाएसँगै यस्तो आक्रमण हुनसक्ने विश्लेषण गरिएको थियो । अझ पनि थप हमलाहरु हुनसक्ने बताइएको छ । अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन् । इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएको बिबिसीमा उल्लेख छ ।अगस्ट १५ तारिखमा तालिबानले अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो । अहिलेसम्म काबुलबाट १ लादभन्दा बढी मानिसलाई अन्यत्रै लगिएको छ । अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनुअघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन । हालसम्म अफगानिस्तानबाट एक लाखभन्दा बढीको उद्धार गरिएको बताइएको छ। अमेरिकी फौजले अफगानिस्ता छाड्न चाहनेहरुको उद्धारमा तीव्रता दिएको छ । तालिबानसँग सहमति गरे अनुरूप अमेरिकाले उद्धार कार्य अगस्ट ३१ तारिख सम्ममा सम्पन्न गर्नुपर्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले फगानिस्तानबाट अमेरिका फर्कने समयसीमा थपेका छैनन । बिहीवार साँझ उनले आक्रमणकै बीच उद्धार कार्य भने जारी रहने जनाएका छन ।