Devdaha Tv | खेलकुद
मंसिर १८ २०७७   | 
devdahaTv-info

साइपाल सेमिफाइनलमा

  • 9 months ago

लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले माघ २३ गते बिहान ६ बजे अस्पताल परिषरका सटरमा डोजर चलायो । अघिल्लो दिन नै व्यवशायीले सटरका सरसमान सुरक्षित स्थानमा सारिसकेको हुदा निकै कम क्षति भयो । धेरै सटर व्यवशायीले व्यवशाय संचालनका लागि बनाएका र्याकमा भने क्षति पुग्यो । सरसमानको नोक्सानका हिसाबले कम क्षति भएपनि उनिहरुले ५ बर्षका लागि २०७६ साल असार १५ गते गरेको सम्झौता भने ७ महिना पुग्दा नपुग्दै गुमाउन पुगे ।


अस्पताल प्रशासन र व्यवशायीबीच भएको सम्झौता कार्यान्वयन हुन नसक्नु एकातिर धेरैका लागि राम्रो नलागेको बिषय हो भने अर्कोतिर अस्पताललाई लगानी गरेर प्रादेशिक हिसाबले राम्रो बनाउन खोज्ने प्रदेश ५ सरकारको काम भने सबैले चाहेको बिषय हो । त्यसैले व्यवशायीक संघ संगठनहरुलाई मनमा नराम्रो लाग्दा लाग्दैपनि सटर काण्डमा उनीहरु बिरोधमा उत्रिएनन् । अस्पतालका सटर व्यवशायीहरु भने केही समय आक्रोशित भए । उनीहरुले अस्पताल प्रशासनमा सर्वोच्च अदालतले फागुन १ गते छलफलका लागि बोलाएको पत्र बुझाउने निउमा प्रवेश गरी तोडफोड समेत गरे । तोडफोडमा संलग्न सुमन थापा सहितलाई किटानी गरेर अस्पताल प्रशासनले इलाका प्रहरी कार्यालय, बुटवल र जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा जाहेरी दियो । प्रहरीले भने तोडफोडमा संलग्नलाई हप्तादिन बित्दासमेत पक्राउ गरेको छैन । थापा सरकारी जागिरे समेत हुन भनिन्छ ।

सम्बन्धित समाचार