Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत 

1 month ago
प्रधानमन्त्री-देउवाले-पाए-विश्वासको-मत-

साउन ३ । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन । आइतबार भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजन मार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन । प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेस सहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।