Devdaha Tv | समाचार
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

सैनामैना उद्योग वाणिज्य संघद्धारा पत्रकार परियार सम्मानित

1 month ago
सैनामैना-उद्योग-वाणिज्य-संघद्धारा-पत्रकार-परियार-सम्मानित

साउन ३ । रुपन्देहीका पत्रकार सुरेश परियार सम्मानित भएका छन । आइतबार सैनामैना उद्योग वाणिज्य संघले सातौँ साधारण सभा तथा तेस्रो अधिबेशनको पदस्थापन कार्यक्रममा दश हजार नगद सहित सम्मान गरेको हो । पत्रकारिताको माध्यमबाट उद्योग, व्यवसाय प्रर्वद्धमा योगदान पुर्याएको भन्दै पत्रकार परियारलाई सम्मानित गरीएको संघले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ र संघका अध्यक्ष राज बहादुर क्षेत्रीले संयुक्त रुपमा सम्मान पत्रले सम्मान गरेका हुन । पत्रकार परियार राष्ट्रिय दलित पत्रकार संघ रुपन्देही शाखाका सचिव, रेडियो सैनामैनाका स्टेशन म्यानेजरका साथै राज्य टेलिभिजन, दैनिक पत्र,खवरपात्रो ,सबल पोष्ट लगायत सञ्चार माध्यममा कार्यरत छन ।