Devdaha Tv | समाचार
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

स्वर्णिम सगरमाथाकी सुस्मा गैह्रेले बि.बि.एसमा नेपाल टप गरेको कलेजको दाबी

1 month ago
स्वर्णिम-सगरमाथाकी-सुस्मा-गैह्रेले-बि.बि.एसमा-नेपाल-टप-गरेको-कलेजको-दाबी

साउन २ । रुपन्देहीको देवदहमा रहेको स्वर्णिम सगरमाथा कलेजकी सुस्मा गैह्रेले बि.बि.एसमा नेपाल टप गरेको कलेजले दाबी गरेको छ । गैह्रेले चौथो सेमेस्टरको अन्तिम परिक्षामा ८२ प्रतिशत अंक आएको छ । शनिबार कलेजमा आयोजित सम्मान कार्यक्रममा कलेजका प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले अझै सम्मको जानकारी अनुसार नेपाल भरमै सर्वाधिक अंक प्राप्त गरेको दाबी गरेका हुन । सोही कार्यक्रममा बोल्दै देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले शिक्षित युवा पुस्तालाई समान्तरण रुपान्तरणमा लाग्न आग्रह गरे । उनले समाजमा रहेका विकृतीहरु समाधान उन्मुख रहेको बताए । सो अबशरमा अभिभावक बासु रिमाल, यज्ञ गैह्रे, कलेजका अध्यक्ष ऋषिरामा सापकोटा लगायतले बोलेका थिए । २०६६ सालमा स्थापना भएको कलेमा शिक्षा, वाणिज्य, मानविकी, बिज्ञान र होटल म्यानेजमेन्ट संकायमा स्नातक तह सञ्चालनमा रहेको छ । कलेजबाट पूनम जैसीले ६७, प्रशान्त रिमालले ६०, रेणुका थारुले ५९ र लक्ष्मी पौडेलले ५८ दशमल ८ प्रतिशत अंक प्राप्त गरेका छन ।