Devdaha Tv | समाचार
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

देवदहमा युथ वीङ्ग्स अफ बुद्ध नेपाल गठन

2 months ago
देवदहमा-युथ-वीङ्ग्स-अफ-बुद्ध-नेपाल-गठन

असार ३१ । रुपन्देहीको देवदहमा युथ वीङ्ग्स अफ बुद्ध नेपाल गठन भएको छ । युवा नेतृत्व बुद्ध र समावेशीको त्रिवेणी भन्ने नाराका बिहिबार अभियानको घोषणा गरीएको हो । अभियानको घोषणा कार्यक्रममा बोल्दै देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले शिक्षित युवाहरु समाज परिवर्तनको संम्वाहक भएको बताए । युवा पुस्ता सक्रिय नभए सम्म समाजमा रहेका कूसंस्कारहरु नहट्ने भन्दै सकारात्मक सोचका साथ अघि वढ्न आग्रह गरे । युवा पुस्ता राजनितिबाट टाढा बस्न खोजेको प्रति दुखेसो गर्दै मेयर खत्रीले फोहोर कुवा सफा गर्न कुवामा हाम फाल्नु पर्ने बताए । उनले युवा पुस्तालाई राजनितिमा लाग्न पनि आह्वान गरे । सोही कार्यक्रममा बोल्दै लेखक तथा पत्रकार शिद्धिचरण भट्टराइले बुद्धले प्राप्त गरेका ज्ञानलाई व्यवहारीक जीवनमा प्रयोग गर्न सकेका खण्डमा मात्रै जीवन सकारात्मक हुने बताए । उनले बुद्ध बिषयमा अध्यन अनुसन्धान गर्न आग्रह गरे । कार्यक्रममा देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङ, वडा अध्यक्ष दिपक चापागाई, देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो । अभियानले सागर चापागाइको अध्यक्षतामा २५ सदस्यीय टोली घोषणा गरेको छ । जसको उपाध्यक्षमा विशाल गहतराज, सचिवमा वविता भट्टराई, सह–सचिवमा दिया न्यौपाने र कोषाध्यक्षमा शौरभ पराजुली रहेका छन । अभियानको सदस्यहरुमा नविन न्यौपाने, मधु ठडराई, अभिषेक लामिछाने, दिया अर्याल, शोभा न्यौपाने, प्रदिप अर्याल, प्रिन्स देवकोटा, गोकुल पौडेल, शंकर घिमिरे, धम्रेन्द्र चौधरी, कृष्ण क्षेत्री, रोशन सुनार, आशिष न्यौपाने, अश्विन न्यौपाने, लक्ष्मी अधिकारी, पवन पोखरेल, आयूष सापकोटा, अविनाश भण्डारी र विजू गैह्रे रहेका छन । अभियानले महामानव बुद्ध र देवदहलाई चिनाउने विभिन्न कार्यहरु गर्ने, बुद्ध बिषयमा अध्यन अनुसन्धान गर्ने लगायतका कामहरु गर्ने बताइएको छ ।